FAQs Complain Problems

संक्षिप्तमा शुद्धोदन गाउँपालिका

विश्व विख्यात शान्तिका प्रतिक गौतम बुद्धका पिता शुद्धोदनको नामवाट यस गाउँपालिकाको नामकरण गरिएको हो । लामो इतिहास बोकेको दरवाहा मेला, मौलिक चार्डपर्व, पराम्परा, संस्कृति र भाषा गाउँपालिकाका महत्वपूर्ण र ऐतिहासिक पक्ष हुन् ।
- उत्तर पश्चिमबाट बग्ने दानव नदी र पूर्वबाट बग्ने तिनाउ नदीसँगै प्राकृतिक, भौगोलिक र सांस्कृतिक मनोरम स्थलले यो गाउँपालिका सिंगारिएको छ ।
- नेपालको संविधान¸ २०७२ बमोजिम नेपाल सरकारको मिति २०७३ फाल्गुण २७ गतेको निर्णय अनुसार यस शुद्धोदन गाउँपालिकाको स्थापना भएको हो ।
- लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लाका १६ वटा स्थानीय तहहरू (१० वटा गाउँपालिका) मध्ये एक सदरमूकाम भैरहवादेखि २३ किलोमिटर पश्चिम मानपकडीमा गाउँपालिकाको केन्द्र अवस्थित छ ।
- पूर्वपश्चिम लोकमार्ग अन्तर्गत तामनगरदेखि ५ किलोमिटर दक्षिण, ८३.४१६० पूर्वी देशान्तर र २७.६२३५ उत्तर अक्षांशसम्म अवस्थित यो गाउँपालिका समुन्द्र सतहदेखि करिब ९२.१ मिटरको उचाइमा छ ।
- ५७.६६ बर्ग किलोमिटर क्षेत्रफल भएको यो गाउँपालिका रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं. ३ मा पर्दछ भने यहाँको मतदाता संख्या (२०७९) २७,५७८ जना रहेको छ।
- पूर्वमा तिलोत्तमा नगरपालिका, पश्चिममा गैडहवा गाउँपालिका, उत्तरमा बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिका तथा दक्षिणमा सियारी, मायादेवी र गैडहवा गाउँपालिका पर्दछन् ।
- यसको भू÷बनोट समथर र उर्वर मलिलो माटोका कारण प्रशस्त मात्रामा कृषि उत्पादन हुने गर्दछ भने मौसम अनुसारका खेती बाह्रै महिना गर्न सकिन्छ । मुख्य बाली धान, गहुँ, मकै, मास, मसुरो, रहर, आलस, तोरी, बदाम, आलु आदि हुन् ।
- सामुदायिक विद्यालय १७ वटा (माध्यमिक ७ र आधारभूत १०), मदरसा १ वटा, संस्थागत विद्यालय १० वटा, क्याम्पस १ वटा, सामुदायिक सिकाई केन्द्र ३ वटा, बाल विकास केन्द्र ७ वटा, स्वास्थ्य संस्था ६ वटा (प्राथमिक स्वास्थ्य केन्द्र १, स्वास्थ्य चौकी ३ र आधारभूत स्वास्थ्य केन्द्र २) रहेका छन् ।
- मुख्य सडकहरूमा लुम्बिनी परिभ्रमण सडक (दोगनादेखि सिसवासम्म), तामनगर सिसवा सडक (बनगाइदेखि सिसवासम्म), बेलवास वेथरी सडक (बेतहानीदेखि अमुवासम्म), फर्साटिकर अमुवा सडक (फर्साटिकरदेखि अमुवासम्म), बकुली भैरहवा सडक (बकुलीदेखि छपियासम्म), केदली कोटैया सडक (केदलीदेखि कोटैयासम्म) रहेका छन् ।
- पर्यटकीय तथा साँस्कृतिक क्षेत्रमा दरबहवा क्षेत्र मानपकडी, सियाभार मन्दिर क्षेत्र बेताहानी, नागेश्वर धाम नैडिहवा, राम मन्दिर फर्साटिकर, शिवालय मन्दिर बेतही, राधाकृष्ण मन्दिर गोपालपुर, समैदेवी थान कोलुवा, गुरैलिया मस्जित, डिउहार मन्दिर पुरैनी, कृष्ण प्रणामी मन्दिर बेलवा तथा शहरोन्मूख क्षेत्र फर्साटिकर बजार र मानपकडी बजार आदि रहेका छन् ।
हालको वडामा समावेश भएका साविकका गा.वि.स. तथा वडाहरू:
- वार्ड नं. १ शिशै (साविकको ख. बनगाई गा.वि.स.को वडा नं. ३, ४ र ९ तथा मानपकडी गा.वि.स.को वडा नं. २ र ७)
- वार्ड नं. २ ख. बनगाई (साविकको ख. बनगाई गा.वि.स.को वडा नं. १, २, ५, ६, ७ र ८)
- वार्ड नं. ३ दोगना/सियाभार (साविकको सौ. फर्साटिकर गा.वि.स.को वडा नं. २, ३, ६ र ७)
- वार्ड नं. ४ फर्साटिकर (साविकको सौ. फर्साटिकर गा.वि.स.को वडा नं. १, ४, ५, ८ र ९)
- वार्ड नं. ५ मानपकडी (साविकको मानपकडी गा.वि.स.को वडा नं. १, ३, ४, ५, ६, ८ र ९)
- वार्ड नं. ६ गुरौलीया/सेमरीडाँडा (साविकको मानमटेरिया गा.वि.स. को वडा नं. २, ६, ८ र ९)
- वार्ड नं. ७ मानमटेरिया (साविकको मानमटेरिया गा.वि.स. को वडा नं. १, ३, ४, ५ र ७)

- जनसंख्यात्मक विवरण (२०७८)
वडाहरू
- वडा नं. १ शिशै महिला- ३,१३० पुरुष- ३,२७१ जम्मा - ६,४०१
- वडा नं. २ ख. बनगाई महिला- ३,०९६ पुरुष- २,८६७ जम्मा - ५,९६३
- वडा नं. ३ दोगना/सियाभार महिला-३,३०५ पुरुष -२,९८७ जम्मा - ६,२९२
- वडा नं. ४ फर्साटिकर महिला- ३,३६४ पुरुष-३,१३१ जम्मा - ६,४९५
- वडा नं. ५ मानपकडी महिला- ३,१०६ पुरुष-२,९१४ जम्मा - ६,०२०
- वडा नं. ६ गुरौलीया/सेमरीडाँडा महिला- २,४८१ पुरुष-२,४५५ जम्मा - ४,९३६
- वडा नं. ७ मानमटेरिया महिला- २,८५५ पुरुष-२,९४५ जम्मा - ५,८००
गाउँपालिकाको कूल जम्मा महिला- २१,३३७ पुरुष-२०,५७० जम्मा -४१,९०७
- वार्षिक जनसंख्या वृद्धिदर १.९७ प्रतिशत, घरपरिवार संख्या ८,६७६, प्रति परिवार औषत व्यक्ति ४.८३, जनघनत्व (प्रति वर्ग कि.मी.) ७२७ रहेको छ ।
- प्रमुख जातजातिमा ब्राम्हण र क्षेत्री २२ प्रतिशत, मधेशी ३६ प्रतिशत, जनजाति ३३ प्रतिशत (थारु समेत), मुसलमान २ प्रतिशत, दलित ६ प्रतिशत र अन्य १ प्रतिशत रहेको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.