समाचार
संक्षिप्तमा शुद्धोधन गाउँपालिका
साविकका सौ.फर्साटीकर, मानपकडी, मानमटेरिया र ख.वनगाई गा.वि.स.हरुको समायोजनबाट ७ वडामा विभाजित यो गाँउपालिकाको नाम गौतम बुद्धका पिताको नामबाट नामाङ्कित भएकोले यस शुद्धोधन गाँउपालिकाको छुट्टै पहिचान रहेको छ । स्थानीयतहको योजना तर्जुमा र कार्यान्वयनका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट प्राप्त मार्गदर्शनका आधारमा गठित सार्वजनिक सेवा तथा क्षमता विकास समिति, सामाजिक विकासविकास समिति, विद्येयक समिति, आर्थिक विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति, राजश्व परामर्श समिति, श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समितिहरुमा व्यापक छलफल एवं गहन अध्ययन पश्चात शुद्धोधन गाँउपालिकाबाट आ.व.०७४/०७५ को निति तथा कार्यक्रम र योजनाहरुको छनौट र प्राथमिकिकरणका आधारमा शुद्धोधन गाँउपालिकाको पहिलो गाँउसभा मिति २०७४/०४/३२ गते माननीय व्यवस्थापिका सांसद बालकृष्ण खाँड ज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन गरि २०७४/०५/१४ गते गाँउसभाबाट निति, कार्यक्रम, योजना तथा बजेटलाई पारदर्शि बनाई लागु गर्न यो गाँउपालिका योजना– २०७४ पारित गरिएको छ ।
भौगोलिक अवस्था
क्षेत्रफल : ५७.६६ वर्ग कि.मी.
पूर्व : तिलोत्तमा न.पा.
पश्चिम : गैडहवा गा.पा.
उत्तर : सैनामैना न.पा. र बुटवल उप म.न.पा.
दक्षिण : सियारी गा.पा. र मायादेवी गा.पा.
अवस्थिती : ८३.४१६० पूर्वि देशान्तर र २७.६२३५ उत्तरी अक्षांश
उचाई : समुद्र सतह देखि ९२ मिटर
तापक्रम : न्यूनतम ८.७५ डिग्री सेल्सियस देखि अधिकतम ४४ डिग्री सेल्सियस
औषत बर्षा : १३९१ मि.मि.
हावापानी : उष्ण प्रदेशिय
मुख्य नदी : तिनाउ, दानव, घमहा
राजनैतिक अवस्था
लुम्बिनी प्रदेश, अञ्चल : लुम्बिनी
जिल्ला सदरमुकाम : सिद्धार्थनगर (भैरहवा)
सङ्घीय निर्वाचन क्षेत्र संख्या : ५
प्रदेश निर्वाचन क्षेत्र संख्या : १०
गाँउपालिका केन्द्र : मानपकडी वडा संख्या : ७
स्थानीय तह :– उप.म.न.पा. १ (बुटवल)
न.पा. ५ (तिलोत्तमा, देवदह, सैनामैना, लुम्बिनी साँस्कृतिक, सिद्धार्थनगर)
गा.पा. १० (कञ्चन, शुद्धोधन, गैडाहवा, मायादेवी, कोटहीमाई, ओमसतिया रोहिणी, सम्मरी माई, मर्चवारी, सियारी)
राष्ट्रिय जनगणना अनुसार जनसंख्याको संक्षिप्त विवरण
शिर्षक |
२०६८ सालको जनगणना अनुसार |
२०७८ सालको जनगणना अनुसार |
कुल जनसंख्या |
३४६३८ |
४१९०७ |
महिला |
१७९८६ |
२१३३७ |
पुरुष |
१६६५२ |
२०५७० |
वार्षिक जनसंख्या वृद्धिदर |
२.१७ प्रतिशत |
१.९७ प्रतिशत |
घरपरिवार संख्या |
६१४५ |
८६७६ |
प्रति परिवार औषत व्यक्ति |
५.६४ |
४.८३ |
जनघनत्व (प्रति वर्ग कि.मी.) |
३२५ |
७२७ |
मतदाता संख्या |
२२२७९ |
२७५७८ |
वडा अनुसारको जनसंख्या विवरण
प्रमुख जातजाति अनुसार जनसंख्या
ब्राम्हण र क्षेत्री : २२ प्रतिशत
मधेशी : ३६ प्रतिशत
जनजाति : ३३ प्रतिशत
मुसलमान : २ प्रतिशत
दलित : ६ प्रतिशत
अन्य : १ प्रतिशत
मुख्य वाली
धान
गँहु
दलहन
व्यवसायिक पशुपालन