FAQs Complain Problems

शुद्धोधन गाउँपालिकाको संक्षिप्त परिचय

शुद्धोधन गाउँपालिका विकास योजना ( आ.व. २०७७/०७८ )

सौ.फर्साटीकर, मानपकडी, मानमटेरिया र ख.वनगाई गरि चारवटा साविकका गाविसहरुको समायोजनबाट ७ वडामा विभाजित यो गाँउपालिकाको नाम गौतम बुद्धका पिताको नामबाट नामाङ्कित भएकोले यस शुद्धोधन गाँउपालिकाको छुट्टै पहिचान रहेको छ । स्थानीयतहको योजना तर्जुमा र कार्यान्वयनका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट प्राप्त मार्गदर्शनका आधारमा गठित सार्वजनिक सेवा तथा क्षमता विकास समिति, सामाजिक विकास विकास समिति, विद्येयक समिति, आर्थिक विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति, राजश्व परामर्श समिति, श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समितिहरुमा व्यापक छलफल एवं गहन अध्ययन पश्चात शुद्धोधन गाँउपालिकाबाट आ.व.०७४/०७५ को निति तथा कार्यक्रम र योजनाहरुको छनौट र प्राथमिकिकरणका आधारमा शुद्धोधन गाँउपालिकाको पहिलो गाँउसभा मिति २०७४/०४/३२ गते माननीय व्यवस्थापिका सांसद बालकृष्ण खाँड ज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन गरि २०७४/०५/१४ गते गाँउसभाबाट निति, कार्यक्रम, योजना तथा बजेटलाई पारदर्शि बनाई लागु गर्न यो गाँउपालिका योजना– २०७४ पारित गरिएको छ ।