FAQs Complain Problems

समाचार

Pages

माटो उत्खनन् तथा ओसार पसार र माछा पोखरी निर्माणको लागी

क) निजि जग्गाको माटो उत्खनन् तथा ओसार पसार र माछा पोखरी निर्माण गर्नचहने ब्याक्ती वा संस्थाले सम्बन्धित वडा कार्यालय बाट सिफारिस ल्याउनु पर्ने छ ।

ख) प्राप्त निवेदन उपर तोक आदेश भै सम्बन्धीत वडा कार्यालयबाट वा गा. पा. बाट कर्मचारी खटिइ  सम्बन्धित स्थानमा गै सधियारहरुको उपस्थीतीमा स्थलगत  सर्जमिन मुचुल्का तयार गरी पेश गर्नु पर्ने छ ।
ग) तत् पश्चात प्राविधिकबाट उत्खनन् हुने स्थानमागै सधियारहरुको रोहभरमा उत्खनन् गर्न चाहेको  वा उत्खनन् हुन सक्ने परिमाण निर्धारण  गर्नु पर्ने छ  । प्रविधिकले निर्धारण गरी यस कार्यालयबाट अनुमती लिएको भन्दा बढी परिमाण माटो तथा नदीजन्य पदार्थ उत्खनन् तथा ओसार पसार गर्न पाईने छैन ।
घ)  आवस्यकता अनुसार यस गा.पा. ले गठन गरेको नदीजन्य पदार्थ तथा प्राकृतिक श्रोत  अनुगमन समितीको सिफारिस हुनुपर्ने छ । अनुगमन समितीकले सिफारिस गर्दा यस गाउकार्यपालिका को मिती २०७४÷१२÷१३ को बैठकले पास गरेको मापदण्ड को निर्णय नं. २ अनुसार निम्न प्रावधान हुनु पर्ने छ ।
‍‍=> बस्ती,नदी,बाटो,स्कुल,मन्दीर,र जंगल नजिक भएको अवस्थामा  माटो तथा नदीजन्य पदार्थ उत्खनन् गर्दा यस गा.पा. को नदीजन्य पदार्थ ब्यावस्थापन तथा अनुगमन समितीको सिफारिस अनुसार गर्ने ।=

=>  उत्खनन् कार्य गर्दा जमिन सतह भन्दा अधिकतम ७ फुट भन्दा बढी गहिरो खन्न पाइने छैन ।
=>  खेत सम्माउने प्रयोजनको लागी सधियार हरुको खेतको सतह र सहमतीअनुसार मात्र सम्याउन अनुमती दिने ।
ङ) माथी क,ख,ग र घ बुदाँका प्रकृया पुरा गरिसकेपछी सम्बन्धित ब्याक्ती वा संथाले निर्धारित राजश्व रकम  यस कार्यालयमा नगद जम्मा वा कार्यालयको खातामा रकम जम्मा गरेको बैक भौचर यस कार्यालयमा पेश गर्नु पर्ने छ ।
च) राजश्व रकम जम्मा भैसके पछी सम्बन्धित ब्याक्ती वा संथाले उत्खनन् तथा ओसार पसार गर्ने  सवारीका साधन नं. पेश गरी गा.पा.  बाट अनुमती पत्र पाप्त गरी सकेपछी मात्र निजी जग्गाको माटो उत्खनन् तथा ओसार पसार र माछापोखरी निर्माणकार्य गर्नु पर्ने छ । अनुमती नलिइएको सवारी साधन बाट माटो तथा नदी जन्य पदार्थ ओसार पसार गर्न पाइने छैन ।
छ) उत्खनन् गर्ने कार्य  दिनको समयमा मात्र गर्नु पर्ने छ ।